Logo

नेप्सेद्धारा इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको कारोबार रोक्का



काठमाडौं, ३० जेठ । एक आपसमा गाभिने सहमतिसँगै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बंैंकको शेयर कारोबार रोक्का भएको छ । दुई बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गाभिने सहमतिको जानकारी दिँदै कारोबार रोक्न निवेदन दिएपछि सेयर कारोबार रोक्का भएको हो ।

बैंकबीच अहिलेसम्म भएको सम्झौता अनुसार अब नेपालकै सबैभन्दा ठुलो वाणिज्य बैंक बन्ने दाबी गरिएको छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड रहने जनाइएको छ । आगामी असोज मसान्तसम्ममा एकीकृत कारोबार सुरु गर्नेगरी डिडिए र साधारण सभालगायतका कार्य अघि बढाउने गरी दुवै बैंकले सम्झौता गरेका छन् ।

इन्भेष्टमेन्ट बैंकले यसअघि हिमालयन बैंकसँग पनि मर्जर गर्ने सम्झौता गरेपछि दुव्ै बैंकको नेप्सेले शेयर कारोबार समेत रोक्का गरेको थियो । तर, पछि सम्झौता भाडिएपछि मेगा बैंकसँग मर्जर गर्न पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्