Logo

नेपालका लागि भारत अपरिहार्य मित्र हो : प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपालको लागि भारतसँगको सम्बन्ध अपरिहार्य रहेको बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने–नेपालका लागि भारत अपरिहार्य मित्र हो, भारतका लागि पनि नेपाल अपरिहार्य मित्र हो । यस सम्बन्धलाई अर्को केहीले पनि रिप्लेस गर्न सक्दैन् । रिप्लेस गर्न सक्दैन भन्नुको अर्थ समस्यालाई कार्पेटमुनि लुकाएर कहीँ जाईँदैन होला नि। समस्या छन् नि, थोपरिदिएका समस्या छन् । त्यसलाई समाधान गर्नको लागि राष्ट्रिय समझदारी गरेर अघि बढ्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्