Logo

किशोरी बलात्कार गर्ने पुरुष पक्राउ



महोत्तरी, ३० जेठ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जितेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्