Logo

नेप्सेमा दोहोरो अंकको गिरावट, सेन्सेटिभ इन्डेक्स पनि घट्यो



काठमाडौं, ३० जेठ । शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ ।

नेप्से परिसुचक सोमबार १५ दशमलव ८२ अंकले घटेर २०३२ दशमलव ३४ विन्दुमा रोकिएको हो ।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव २७ अंकले घटेर ३८९ दशमलव ९८ विन्दुमा थामिएको छ ।

सोमबार २३० कम्पनीको ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको २९ लाख २० हजार ७०५ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्