Logo

अर्थमन्त्री फिर्ता बोलाउने कुरा वाहियात हो, यो हल्लाको पछि कोही नलाग्नु होला : प्रचण्ड



काठमाडौं, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रीबाट फिर्ता बोलाउने कुरा हल्लामात्रै भएको प्रतिक्रिया दिएका छन् । रिपोर्टर्स नेपाल डटकमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रचण्डले भने–‘यो वाहियात कुरा हो । यो हल्लाको पछि लाग्नुको कुनै तुक छैन् ।’

यसअघि पार्टीले शर्मालाई अर्थमन्त्रीबाट फिर्ता बोलाउनेबारे छलफल गरेको भन्ने समाचार बाहिरिएको थियो । उनलाई बजेट पारित भएलगत्तै फिर्ता बोलाउने तयारी भएको समाचार आएपछि अध्यक्ष प्रचण्डले त्यसको खण्डन गरेका हुन् ।

अर्थमन्त्री जर्नादन शर्मा सरकारबाट फिर्ता बोलाइने



प्रतिक्रिया दिनुहोस्