Logo

बुद्धको अस्तु मँगोलियामा लगियो



एजेन्सी, ३० जेठ । भगवान गौतम बुद्धको पवित्र अस्तु भारतबाट मँगोलिया लगिएको छ । सोमबार मँगोलियाको राजधानी उलानबटारमा अस्तु पुर्याइएको हो ।

बुद्धको अस्तु लगिदा भारतका कानूनमन्त्री किरण रिजिजू पनि पुगेका छन् । कपिलवस्तु अस्तु नामको चारवटा पवित्र अस्तु भारतको वायुसेनाको विमानबाट विशेष बुलेटप्रुफ डिब्बामा राखेर लगिएको हो । पवित्र अस्तु ११ दिनसम्म उलानबटारमा प्रदर्शनमा राखिने जनाइएको छ ।

बुद्धको पवित्र अस्तुलाई मँगोलियामा विशेष अतिथिको स्थान दिइने उल्लेख छ । उक्त अस्तु बुद्धमार्गी देश मँगोलियामा २९ वर्ष पछि पुर्याइएको हो । ११ दिन अस्तु प्रदर्शनीमा राख्दा भारतका केन्द्रीय मन्त्री रिजिजू पनि मँगोलियामा रहनेछन् । अस्ती भारतमा फिर्ता ल्याउँदा उनी पनि सँगै हुने उल्लेख छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्