Logo

एआईजी पोखरेलद्वारा दायर मुद्दाको सुनुवाई अब असार ५ गते हुने



काठमाडौं, ३० जेठ । एआइजी विश्वराज पोखरेलले प्रहरी महानिरीक्षक नियुक्ति विरुद्ध दायर गरेको मुद्दा आगामी असार ५ गतेको पेशीमा राखिएको छ ।

आज (सोमबार) सर्वोच्च अदालतले उक्त मुद्दा हेर्दाहेर्दैमा राखेर असार ५ गते सुनुवाइको मिति तोकेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा.कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गते सुनुवाई गर्ने भन्दै हेर्दाहेर्दैमा राखिएको हो ।



प्रतिक्रिया दिनुहोस्