Logo

अर्थ मन्त्रालयको स्पष्टीकरण–बजेट निर्माणमा जिम्मेवार पदाधिकारीबाहेक अरु कसैको सहभागिता छैन्



काठमाडौं, ३० जेठ । अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा सम्बन्धित व्यक्तिबाहेकलाई सहभागिता गराएको भन्ने समाचार आएकोप्रति मन्त्रालयले खण्डन गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै बजेट निर्माण प्रक्रियामा जिम्मेवार पदाधिकारीबाहेक अरु कसैको पनि सहभागिता नरहेको स्पष्ट पारेको छ ।

एक राष्ट्रिय दैनिकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर बजेट निर्माणमा तोकिएको बाहेक गैर कर्मचारी तथा सरोकार बाहिरको व्यक्तिलाई बोलाएर अर्थमन्त्रीले अन्तिम रात बजेटको कर हेरफेर गरेको समाचार प्रकाशित भएसँगै बजार तातेको छ । यसै विषयमा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले बजेट निर्माणमा कोहि पनि गैर व्यक्तिलाई नबोलाइएको र बजेट निर्माणमा सरिक समेत नगराएको प्रष्ट पारेको हो ।

हेरौं विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्