Logo

विनय यादवले माग गरे बीआरआई परियोजनाको सम्पूर्ण विवरण



काठमाडौँ, ३० जेठ । काठमाडौँ शन्तिनगर बानेश्वर बस्ने राष्ट्रिय एकता अभियानका केन्द्रीयअध्यक्ष विनय यादवले नेपाल-चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बी.आर.आई) सम्झौता परियोजनाको सम्पूर्ण विवरण माग गरेका छन् ।

उनले सूचनाको हक सम्बन्धी ऐन २०६४अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरी बी.आर.आई परियोजनाको सम्पूर्ण विवरण माग गरेका हुन् ।

उनले मेरो अध्ययन प्रयोजनको लागि आवश्यक रहेको भन्दै बीआरआई परियोजनाको सम्पूर्ण विवरणको प्रमाणित प्रति उपलब्ध गराइ दिन हुन अनुरोध गर्दै निवेदन गर्दा गराएका हुन् ।

उनले दर्ता गरेको निवेदनमा बी।आर।आई समझौताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका हुन् । त्यस्तै उनले बीआरआई सम्झौता अन्तर्गत नेपालमा सञ्चालनमा रहेको परियोजनाहरुको नाम र ठेगानासमेत उपलब्ध गराउन माग गरेका हुन् ।

बीआरआई अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुको लागत र लागतको श्रोतको विवरणसमेत उनले माग गरेका छन् ।

बीआरआई अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुमा भएको खर्चमा अनुदान रकम कति र ऋण कति रहेको छ। यदि ऋण रहेको छ भने त्यस रकम को ब्याज इत्यादि विवरण पनि उनल्रे माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्