Logo

‘मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन’



काठमाडौं, जेठ ३१ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२ हजार मृतक मतदाता रहेको अनुमान गरिएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा त्यसबारे सांसद्हरूले प्रश्न उठाउनु भएपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग एक्लैले मतदाता नामावलीबाट मृतकको नाम हटाउन नसक्ने बताए ।

प्रमुख आयुक्त थपलियाले भने, “म आफैँ मलामी गएको छु तर ती व्यक्तिको नाम म मतदाता सूचीबाट हटाउन सक्दिनँ ।” उनले मरेको व्यक्तिको मृत्युदर्ता प्रमाणपत्रका आधारमा मात्र सूचीबाट नाम हटाउन मिल्ने र त्यो कार्यक्षेत्र आयोगको नरहेको स्पष्ट पारे ।

उनले आगामी मङ्सिर १० भित्र एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गराउने तयारीमा आयोग रहेको बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्