Logo

दोर्दी खोला जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन



काठमाडौं, जेठ ३१ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको आईपीओमा सोमवारसम्म मागभन्दा ६ दशमलव ४० गुणा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकोेले यो आईपीओ छिटो अवधिमै विक्री बन्द हुन लागेको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार साँझ साढे ५ बजेसम्म ११ लाख १४ हजार ८०६ जनाले १ अर्ब २९ करोड ३२ लाख ६७ हजार बराबरको १ करोड २९ लाख ३२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् ।

पहिलो चरणमा कम्पनीले वैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित दरको १० लाख ५४ हजार २६० कित्ता आईपीओ विक्री खुला गरेको थियो । उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ७ लाख ५६ हजार ४२० कित्ता आईपीओ जेठ १२ गते बाँडफाँट गरिसकेको छ ।

आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी विक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्