Logo

आज लगनगाँठो कस्दै गायिका इन्दिरा



काठमाडौं, जेठ ३१ । गायिका इन्दिरा जोशी आज विवाह बन्धनमा बाधिदैछिन् । प्रेमी शरद केडियासँग उनले आज लगनगाँठो कस्न लागेकी हुन् ।

प्रेमी शरदसँग विवाह गर्न लागेको जानकारी दिदै गायिका जोशीले आइतबार आफ्नो इन्स्टाग्राममा विवाहको कार्ड सार्वजनिक गरेकी थिइन् । आइतबार हल्दी कार्यक्रम सकिएपछि उनले विवाहको कार्ड सार्वजनिक गरेकी थिइन्। परिवारका केही सदस्यको उपस्थितिमा गरिने विवाह समारोह स्थान भने अहिले गोप्य राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्