Logo

त्रिचन्द्रका विद्यार्थी भवन पुनःनिर्माण नभएको भन्दै विरोधमा उत्रिए



काठमाडौं, ३१ जेठ । देशकै सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरु विरोधमा उत्रिएका छन् । कलेजको जीर्ण भवनको पुनःनिर्माण नभएको भन्दै विद्यार्थीहरु ‘सेभ त्रिचन्द्र’ भन्दै विरोधमा उत्रिएका हुन् ।

आजदेखि विद्यार्थीहरुले घण्टाघर अगाडी बसेर सडकमा अध्ययन गर्ने बताएका छन् । नेपाल विद्यार्थी संघले आज बिहान साढे ९ बजे सडकमा बसेर विरोध जनाएको हो ।

विद्यार्थीहरुले ‘शिक्षा मन्त्रालय हराएको सुचना’, ‘सेभ द त्रिचन्द्र, ’, ‘प्रधानमन्त्री ज्य, तपाई पढेको कलेज कहिले बन्ने ?’लेखेका प्लेकार्ड बोकेर सडमा उत्रिएका थिए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्