Logo

सुशान्त सिंहको निधनको २ वर्ष पुरा, ६७७ दिनसम्म अनुसन्धान गर्दा निष्कर्ष निस्केन



एजेन्सी, ३१ जेठ । स्व.अभिनेता सुशान्त राजपुतको मृत्यु भएको २ वर्ष पुरा भएको छ । घटनाको छानबिन गर्न सीबीआई, एनसीबी र ईडी लागेपनि सत्य अझै पत्ता लागेको छैन् ।
सीबीआईले यस मामिलामा ६ अगस्ट २०२० मा मुद्दा दर्ता गरेको थियो। त्यसयता अनुसन्धान भएको ६ सय ७७ दिन बितिसक्दा पनि निकाय कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

यस प्रकरणको अनुसन्धानका लागि केन्द्रीय एजेन्सीले १९९४ ब्याचका गुजरात क्याडरका आईपीएस मनोज शशिधर, २००४ गुजरात क्याडरका आईपीएस गगनदीप गम्भीर, २००७ ब्याचका आईपीएस नुपुर प्रसाद र सीबीआईमा एसपी अनिल यादवलाई चारजना वरिष्ठ अधिकारीहरू संलग्न गरेको छ । सीबीआईका पीआरओले पनि टोलीमा कुनै परिवर्तन नभएको पुष्टि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्