Logo

‘खोलीको पानी’ लिएर आए गीतकार बिष्णु भण्डारी



काठमाडौं, ३१ जेठ । नेपाली साहित्यमा अनेक बिधामा कलम चलाउने गीतकार बिष्णु भण्डारीको शब्द रचनामा “खोलीको पानी“ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ।

नेपाली संगीत जगतमा स्थापित गायिका सुरिल स्वर की धनी अस्मिता अधिकारी र उदियमान गायक मनोज खनालको स्वर रहेको गीतमा सरोज पोखरेलको संगीत रहेको छ ।

गीतलाई सुनिल परियारले एरेन्ज गरेका हुन् । समारिका ढकाल र प्रिन्स बिस्वकर्माको अभिनय रहेको गीतको भिडियो साजन कट्टेलले निर्देशन गरेका छन् ।

दोधारमा रहेकी आफ्नी प्रेमिकासँगको भलाकुसारीलाई गीतमा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ। गीतको भिडियोमा रहेको कथा वस्तु, शब्द, संगीत र गायनको समग्र मिश्रणले गीतलाई थप मिठास थपेको छ। मौलिकतामा आधारित उक्त गीत सरोज पोखरेल नामक युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियो हेर्नुहोस्:

 



प्रतिक्रिया दिनुहोस्