Logo

टाइगरले प्रेमिका दिशालाई यसरी दिए जन्मदिनको शुभकामना



एजेन्सी, ३१ जेठ । बलिउड अभिनेत्री दिशा पटानीले आज आफ्नो ३० औं जन्मदिन मनाइरहेकी छिन् । यस विशेष अवसरमा उनको रुमाली प्रेमी टाइगर श्राफले सामाजिक सञ्जालमार्फत दिशालाई जन्मदिनको विशेष शुभकामना दिएका छन् ।

यसै क्रममा टाइगरसँगै उनकी आमा आयशा र बहिनी कृष्णाले पनि अभिनेत्रीलाई धेरै प्यारो तरिकाले शुभकामना दिएका हुन् ।
टाइगरले दिशासँग स्टन्ट गरिरहेको भिडियो सेयर गरेका छन् । भिडियो सेयर गर्दै अभिनेताले लेखेका छन्, ‘आशा छ तपाई यो वर्ष अझै माथि उड्नुहुन्छ । एक्शन हिरोनीलाई जन्मदिनको शुभकामना । आज मिठो खाना खानुहोस् र धेरै रमाइलो गर्नुहोस्।’

दिशासँग सेल्फी शेयर गर्दै टाइगरकी आमा आयशाले लेखिन्,‘ह्याप्पी बर्थडे दिशा यो वर्ष तपाईको उत्कृष्ट बनोस् । आयशाको यो पोस्टबाट उनले दिशालाई दिशोश्वर नामले बोलाएको देखिन्छ ।

टाइगरकी बहिनी कृष्णाले पनि दिशासँगको सेल्फी सेयर गर्दै लेखिन्, ‘मेरो मनपर्ने सुन्दरीलाई जन्मदिनको शुभकामना । तिमी फर्केर आएपछि पिज्जा खानेछौ?’

दिशा आगामी फिल्म ‘एक भिलेन २’ मा देखिने छिन् भने टाइगरको आगामी फिल्म ‘गणपत’ र ‘बाघी–४’ हुन् । दिशा पछिल्लो पटक ‘राधे ः योर मोस्ट वान्टेड भाइ’ मा देखिएकी थिइन् । यसै क्रममा टाइगर ‘हिरोपन्ती २’ मा देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्