Logo

उद्धव पौडेल र चन्द्र गुरुङले छाडे कमल थापको साथ, चार महिनापछि राप्रपामै फर्किए



काठमाडौं, जेठ ३१ । चार महिना पहिले राप्रपा छोडेर राप्रपा नेपालमा लागेका उद्धव पौडेल र चन्द्र गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् ।

कमल थापको साथ छाडेर पुनः राप्रपामै आएका पौडेल र गुरुङलाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले खादा लगाएर पार्टीमा स्वागत गरेका छन् । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष थिए भने गुरुङ कोषाध्यक्ष थिए ।

कमल थापाले पार्टी परित्याग गरेको भोलीपल्ट गत माघ २६ गते गुरुङ र पौडेलले पनि पार्टीबाट अलग हुने घोषणा गरेका थिए । सामाजिक सञ्जालमार्फत उनीहरूले कुनै कारण नखुलाइ पार्टी त्याग गरेको घोषणा गरेका हुन् ।

मंसिर दोस्रो साता राप्रपा महाधिवशेनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापा पार्टीबाट बाहिरएका थिए ।

स्थानीय चुनावमा राप्रपा नेपालले निराशाजनक परिणाम हात पारेपछि कमल थापाले पार्टी फुटाएर राप्रपा नेपाल गठन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्