Logo

राहुल गान्धीलाई ईडीको कार्यालयले सोधपुछका दोस्रोपटक बोलायो



एजेन्सी, ३१ जेठ । कांग्रेस नेता राहुल गान्धी नेशनल हेराल्ड मामिलामा सोधपुछका लागि फेरि ईडीको कार्यालय पुगेका छन् ।

यसअघि सोमबार कांग्रेस नेता गान्धीलाई ईडीका अधिकारीहरूले करिब १० घण्टासम्म सोधपुछ गरेका थिए ।

हिजो गान्धीलाई ईडीले दुई चरणमा सोधपुछ गरेको थियो। खाजा खानुअघि राहुलसँग करिब ३ घण्टा सोधपुछ गरिएको थियो ।

त्यसपछि राहुल गान्धी उनकी बहिनी प्रियंका गान्धीसँगै सर गंगाराम अस्पतालमा सोनिया गान्धीलाई भेट्न आएका थिए । त्यहाँबाट आएपछि राहुल फेरि ईडीको कार्यालय पुगे । जानकारीका अनुसार पहिलो पटक ईडीको सोधपुछको सामना गरेका राहुल गान्धीले अधिकांश प्रश्नमा मौनता धारण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्