Logo

भारतमा मंगलबार घट्यो कोरोना संक्रमितको दर



एजेन्सी, ३१ जेठ । भारतमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजो अर्थात सोमबारको तुलनामा कोरोना संक्रमितको संख्यामा ठूलो गिरावट आएको छ । स्मरण रहोस्, सोमबार ८ हजार ८४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

मन्त्रालयले मुलुकमा कोरोना संक्रमितको संख्या ५० हजार ५ सय ४८ पुगेको जनाएको छ । दैनिक सकारात्मकता दर २.०५ प्रतिशत पुगेको छ।



प्रतिक्रिया दिनुहोस्