Logo

अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष एमालेको माग



काठमाडौं, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्नुपर्ने माग अघि सारेको छ । बजेट निर्माणमा अस्वभाविक चलखेल गरेको र असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराईएको भन्दै एमालेले मन्त्री शर्माको राजीनामा मागेको हो ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गरिनुपर्ने आफूहरुको माग रहेको सुनाए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अर्थमन्त्री शर्माले गम्भीर अपराध गरेको भन्दै तत्काल उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताए ।

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जवाफ सुन्न पनि एमालेले अस्वीकार गरेको छ। प्रतिनिधि सभामा जारी बजेट माथिको छलफलमा आज अर्थमन्त्री शर्मासहित अन्य मन्त्रीले जवाफ दिने कार्यसूची छ। तर नेकपा एमालेले अर्थ मन्त्रालय बाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जवाफ नसुन्ने अडान लिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्