Logo

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू



काठमाडौं, ३१ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ ।

सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवाद मत्थर पार्नको लागि शीर्ष नेताहरु प्रयासरत छन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच अहिले विवाद चुलिएको छ।

खनालले पार्टीको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै माधव नेपालप्रति असन्तुष्टि पोख्दै आएका छन् ।

यही सन्दर्भमा पार्टी कार्यालय आलोकनगरमा स्थायी कमिटीको बैठक सुरु भएको हो ।

जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, स्थानीय चुनावको समीक्षासहित आगामी संघीय निर्वाचनमा पार्टीको रणनीतिका सम्बन्धमा छलफल हुने बताईएको छ ।

file photo



प्रतिक्रिया दिनुहोस्