Logo

केपी ओलीलाई जसरी पनि सत्तामा पुग्नुछ, पैसा ओछ्याएर होस वा ढ्यांग्रो ठोकेर : सिपी मैनाली (भिडिओसहित)



काठमाडौं, ३१ जेठ । नेकपा मालेका महासचिव सिपी मैनालीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो गुट चलाउनको लागि पैसा चाहिएको आरोप लगाएका छन् । उनले सत्तामा पुगेकाहरुले देश र जनताको लागि काम नगरेको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सत्तामा गएकाहरुले जनताको नाममा आफ्नो गोजी भर्ने काम गरेको आरोप लगाएका हुन् ।

उनले भने,‘उनीहरुले आफ्नो वरिपरिका मान्छेहरु पोस्ने काम गरे । आफ्नो गुटलाई बलियो बनाउने काम गरे । केपी ओलीले के को ? मेरो सन्तान नै छैन्, मलाई किन पैसा चाहियो भनेपनि, म भन्दिन्छु–केपी ओलीलाई किन पैसा चाहियो भने आफ्नो गुट चलाउन पैसा चाहियो, चुनावमा मान्छे खरिद गर्न पैसा चाहियो, केपी ओलीले मेरो जग्गा जमिन सबै दान गरें भन्नुभयो, त्यो होला पनि, त्यसमा मैले प्रश्न उठाएको छैन् । तर, उहाँलाई जसरी पनि सत्तामा पुग्नुछ, पैसा ओछ्याएर होस वा ढ्यांग्रो ठोकेर । तर्साएर होस वा फकाएर होस । यसरी जानुछ उहाँलाई । त्यसको लागि उहाँलाई पैसा चाहिएको छ । त्यसकारण उहाँको पालामा, जे/जति उहाँहरुको मन्त्रीहरुको माध्यमबाट जे÷जति कलेक्शन गर्नुभयो, चुनावमा खर्च हुन्छ ।’

उनले आफूहरुले भ्रष्टाचारको विषयमा आवाज उठाईरहेको सुनाए । उनले नेपाली कांग्रेससँग सहकार्यको सम्भावना नरहेको जिकिर गरे । उनले देश जोगाउने काम स्वर्गी राजा महेन्द्रले पनि गरेको सुनाए । उनले विपी कोइरालालाई गतिशिल नेताको रुपमा चित्रण गरे । उनले आगामी संसद्को निर्वाचनमा कसरी अघि बढ्ने भन्नेबारे निश्कर्ष ननिकालिएको सुनाए ।



प्रतिक्रिया दिनुहोस्