Logo

१२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, ३ जना पक्राउ



काठमाडौं, ३१ जेठ । ओखलढुंगामा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।

बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा केवल भुजेल, डम्बर भुजेल र पुर्णप्रसाद फुयाललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बालिकालाई फकाएर, विभिन्न प्रलोभन देखाएर, डर धम्की दिएर बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्