Logo

नेपालमा आक्रमक व्यापार गरेको ‘कबड्डी ४’ प्रदर्शनमा सिक्किममा रोक



काठमाडौं, ३१ जेठ । कोरोना महामारीपछि सुस्ताएको नेपाली फिल्मको व्यापारलाई राहत दिएको फिल्म ‘कबड्डी ४’ को प्रदर्शन भारतको सिक्किममा रोक लगाइएको छ ।

सिक्किम राज्यको नागरिक र विभिन्न संस्थाको संवेदनालाई ध्यान दिँदै फिल्म प्रदर्शनमा रोक लगाएको जनाइएको छ ।

यो फिल्म सिक्किममा आगामी शुक्रबारदेखि प्रदर्शन मिति तोकिएको थियो । फिल्ममा बौद्ध धर्मको मानमर्दन गरेको अलइन्डिया बुद्धिष्ट फोरमसहित बौद्ध धर्मगुरुहरुले फिल्म प्रदर्शनमा रोक लगाउन आग्रह समेत गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्