Logo

शिक्षामन्त्रीले पाठ्यपुस्तक ढिलाईमा कागज र चुनावलाई देखाए कारण



काठमाडौं, ३१ जेठ । शिक्षामन्त्री देवेन्द्र पौडेलले पाठ्यपुस्तक विद्यार्थी कहाँ पुग्न ढिलाई हुनुमा कागज र चुनावलाई कारण देखाएका छन् । उनले सदनमा जवाफ दिदै कागज ढिलाई भएको र शिक्षकहरु पनि चुनावमा खटिएकाले ढिलाई भएको जवाफ दिए ।

पुस्तक छाप्नका लागि प्रमाणित भएको गुणस्तरीय कागज विदेशबाट ल्याउनुपर्ने प्रक्रिया अगाडि बढाएपनि कागज अभाव भएको बताए । कागजको आपूर्ति समयमा हुन नसकेको उनको भनाई थियो ।

शिक्षा मातहतका कर्मचारी पनि चुनावमा खटाइँदा पनि ढिलाई भएको बताए । उनले अघिल्लो वर्षको तुलनामा यो वर्ष शैक्षिक सत्र एक महिना छिटो बनाइएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्