Logo

मोदीबारे अभिव्यक्ति दिएपछि श्रीलंकाका विद्युत बोर्डका प्रमुखद्वारा राजीनामा



एजेन्सी, ३१ जेठ । श्रीलंकाका विद्युत बोर्डका प्रमुख एम एम सी फर्डिनान्डोले राजीनामा दिएका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति गोटावाया राजापाक्षेलाई प्रभावित पारी अडानी ग्रुपलाई हावाबाट चल्ने ऊर्जा आयोजना दिलाएको आरोप लगाएको भोलिपल्टै राजीनामा दिएका हुन् ।

फर्डिनान्डोको राजीनामाबारे श्रीलंकाका ऊर्जामन्त्री कन्चना विजयशेखरले ट्वीटमार्फत् जानकारी दिएका छन् । फर्डिनान्डोको स्थानमा केन्द्रीय विद्युत बोर्डका उपप्रमुखले जिम्मेवारी लिनेछन् ।

अभिव्यक्तिप्रति फर्डिनान्डोले क्षमा मागिसकेका छन् । उनको अभिव्यक्ति श्रीलंका र भारत दुवै देशमा चासो र विवादमा परेको थियो । उनी पूर्व ऊर्जा सचिव हुन् । उनले राष्ट्रपति राजापाक्षेले आफूलाई भारतले दबाब दिएकाले अडानी ग्रुपलाई ावाबाट चल्ने विद्युत आयोजना दिनुपरेको बताएको एउटा बैठकमा बोलेका थिए । त्यसको राजापाक्षेले विज्ञप्तिमार्फत् खण्डन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्