Logo

युद्धक विमान बनाउँदै भारत



एजेन्सी, ३१ जेठ । भारतले युद्धक विमान बनाउने भएको छ । भारतले ९६ वटा युद्धक विमान बनाउने भएको हो । १८ वटा विमान उसले विदेशी साझेदारसँग मिलेर बनाउने तय भएको छ ।

भारतको वायुसेनाले विदेशी युद्धक विमान निर्माता कम्पनीसँग छलफल बढाएको सरकारी स्रोतलाई उदृत गर्दै समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ । १८ वटा युद्धक विमान विदेशी निर्माता कम्पनीसँग मिलेर आयात गरेपछि बाँकी भारतमै बनाइने जनाइएको छ ।

युद्धक विमान निर्माणको टेन्डरमा विश्वका चर्चित निर्माण कम्पनी बोइङ्ग, लकहिड मार्टिन, साब, एमआइजी, इर्कुट कर्पोरेशन र डसाउल्ट एभिएसन सहभागी हुने आशा गरिएको छ ।

यसअघि फ्रान्समा बनेको ३६ वटा राफेल युद्धक विमान मोदी सरकारले भित्राइसकेको छ । उक्त विमान प्रयोगमा आइरहेको जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्