Logo

गायिका इन्दिराले कसिन् लगनगाँठो



काठमाडौं, ३१ जेठ । गायिका इन्दिरा जोशीले आजबाट लगनगाँठो कसेकी छिन् । उनले फेशन डिजाइनर शरद केडियासँग पारिवारिक जमघटबीच विवाह गरेकी हुन् ।

जोशी र केडियाबीच केही वर्षयता प्रेम सम्बन्ध थियो । उनले गत वर्षको दशैंताका प्रेमीबारे सार्वजनिक गरेकी थिइन् । इन्दिराले आजै विवाहबारे खुलाउँदै तस्बिर सार्वजनिक गरेकी छिन् ।

तस्बिरहरुः इन्दिरा जोशीको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्