Logo

कांग्रेस र माओवादीले गठबन्धनलाई आआफ्नो हितमा प्रयोग ग-यो



काठमाडौं, असार १ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सत्तारूढ पाँच दलीय गठबन्धनबाट असन्तुष्ट रहेको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बसेको स्थायी कमिटी बैठकले पाँच दलीय गठबन्धनलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आफ्नो हितमा प्रयोग गरेको निष्कर्ष एकीकृत समाजवादीको रहेको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौंमा मंगलबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई कांग्रेस र माओवादी केन्द्रले आफ्नो हितमा मात्रै प्रयोग गर्न खोजेको निष्कर्षसहितको प्रतिवेदन पेस गरेका छन् ।

गठबन्धनका समस्याबारे उल्लेख गर्दै नेपालले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘गठबन्धनभित्र देखापरेका समस्यामध्ये एक गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु हो । यो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखियो ।’

गठबन्धनमा देखा परेका समस्या उपशीर्षकमा उनले अन्य ६ वटा समस्याबारे समेत उल्लेख गरेका छन् । ‘पहिलो–गठबन्धन गर्न नै नचाहने, दोस्रो–गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो–गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौथो–गठबन्धन भएका स्थानमा इमानदारीपूर्वक भोट नहाल्ने, पाँचौं–गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र छैटौं–गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु’ एकीकृत समाजवादीको निष्कर्ष छ ।

स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम पार्टीले हासिल गर्न नसक्नुमा समग्र निर्वाचनमा भने तीनथरि समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । ‘पहिलो–गठबन्धनभित्रका समस्या, दोस्रो हाम्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या’ रहेको उल्लेख छ ।

एकीकृत समाजवादीभित्र मुख्य गरी तीन समस्या रहेको उल्लेख गर्दै भनिएको छ, ‘धेरैमा गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने, आफूलाई केन्द्रबिन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात् जहाँ संगठन तुलनात्मक रूपमा बलियो छ, त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रबिन्दुमा राखेर सिट लिन चाहने र तेस्रो, गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाड–मछाड गर्ने तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने ।’

यसैगरी, एकीकृत समाजवादीका नेताकार्यकर्ताले चुनावलाई जनतामाझ राजनीति पु¥याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठानेको अध्यक्ष नेपाल निष्कर्ष छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्