Logo

इमरान खानमाथि घूसवापत् अरबौं रकम र सयौं बिगाहा जमिन लिएको आरोप



एजेन्सी १ असार । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नीमाथि घूसवापत् अरबौं रकम र जमिन लिएको आरोप लागेको छ । खानमाथि पाकिस्तानको वर्तमान सरकारले नै आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा इस्लामावादमा बोल्दै पाकिस्तानका आन्तरिक मामलामन्त्री राना सानाउल्लाले मङ्गलबार खान र उनकी पत्नी बुसरा बिबीले ५ अर्ब पाकिस्तानी रुपी र सयौं बिगाहा जमिन घूस लिएको आरोप लगाएका हुन् । तेहरिक इ इन्साफ पार्टी सत्तामा हुँदा खानले घरजग्गा व्यवसायीको कालो धनलाई सेतो बनाउन घूस लिएको आरोप लगाएको डन पत्रिकाले लेखेको छ ।

५० अर्ब पाकिस्तानी रुपी बराबरको कालो धनलाई एउटा घरजग्गा व्यवसाय सम्बन्धी कम्पनीले सेतो बनाएको उल्लेख गरे । व्यवसायी र खानकी पत्नी बिबीबीचको निकटता देखि घूसको लेनदेनबारे समेत उनले गम्भीर आरोप लगाए ।

खान सत्ताबाट हटेपछि पाकिस्तानको वर्तमान सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको छ । यस्तो बेलामा खानविरुद्ध घूसको विषय उठ्नुलाई अर्थपूर्ण मानिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्