Logo

बाढीले भानु नगरपालिकाको २ र ५ जोड्ने पुलमा क्षति, आवतजावतमा समस्या



काठमाडौं, १ असार । अविरल वर्षाका कारण तनहुँको चुँदीखोलामा आएको बाढीले भानु नगरपालिकाका २ नम्बर वडा र ५ नम्बर वडा जोड्ने पुलमा क्षति पुर्याएको छ ।

मंगलबारदेखि आएको निरन्तर वर्षाले बाढी आउँदा उक्त पुलको दुवैतर्फको भाग बगाएको स्थानीय रमेश शर्माले जानकारी दिएका छन् ।

पुलमा बाढीले क्षति पुर्याएपछि यातयातका सवारी साधनको आवतजावत अबरुद्ध भएको छ । साथै बाढीले क्षति पुर्याएपछि ६ वटा वडाका सर्वसाधारणलाई आवागमनामा समस्या भएको स्थानीयले बताएका छन् ।

पुलको मर्मतको लागि स्थानीयले नगरप्रमुख आनन्दराज त्रिपाठीलाई जानकारी गराइसकेका छन् ।

Photo : Ramesh Sharma



प्रतिक्रिया दिनुहोस्