Logo

सरकारको विकल्प खोज्ने बेला भएको छ : पद्यमा अर्याल (भिडिओसहित)



काठमाडौं, १ असार । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्यमा अर्यालले आजको दिनमा एमाले र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बीच एकताको सम्भावना नरहेको स्पष्ट पारेकी छिन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । त्यस्तै, माओवादी केन्द्रसँग पनि आफ्नो पार्टीको एकताको सम्भावना नरहेको उनको दाबी छ । तर, सहकार्य र समन्वयको सम्भावना भने कायमै रहेको उनले स्पष्ट पारिन् ।

अर्यालले मुलुकलाई नोक्शानी हुने कुरा आफूहरु रहुञ्जेलसम्म कसैले नसोचे हुने चेतावनी पनि दिईन् । उनले आफूहरु सरकारको नेतृत्वमा हुँदा सन्तुलित विदेशी नीति र व्यवहार अपनाएको दाबी गरिन् । उनले आगामी संघीय संसद्को निर्वाचनमा वाम गठबन्धन हुने वा नहुने भन्ने कुरा अहिले यकिनका साथ भन्न नसकिने जिकिर गरिन् ।

उनले आफ्नो पार्टी अस्थिरताको पक्षमा नरहेको र अनुचित ढंगले सरकार परिवर्तन गर्ने पक्षमा पनि नरहेको स्पष्ट पारिन् । उनले वर्तमान सरकारले एकपछि अर्को गरेर गलत काम गरिरहेकोले अब विकल्प खोज्ने बेला पनि आएको बताईन् । उनले सरकार ढाल्ने र नयाँ सरकार बनाउनेगरि आफूहरुले कुनै तयारी नगरेको जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस्