Logo

अब लुमिनस ब्याट्री तथा ईन्भर्टरको साथमा सजिलो सेवा



काठमाडौं, १ असार । लुमिनस ब्याट्री तथा ईन्भर्टरकोलागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्राली र सजिलो सेवाबिच सम्झौता भएको छ । दुई कम्पनीबीच व्यवसायिक सहकार्यको सम्झौता भएको हो ।

अमट्रेड प्रालीका प्रमुख योगराज ढुङ्गाना र सजिलो सेवाका सह–संस्थापक कविश भक्त श्रेष्ठबिच त्रिपुरेश्वर स्थीत अमट्रेड प्रालीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा अमट्रेड प्राली र सजिलो सेवाबिच व्यवसायिक साझेदारीका विविध पक्षमा छलफल गरिए पश्चात डिलरसिप समझदारीपत्रमा हस्ताक्षर आदानप्रदान भएको छ ।

उक्त कार्यक्रममा अमट्रेड प्रालीको तर्फबाट ढुङ्गानाले सजिलो सेवासँगको सहकार्यले लुमिनस पावर ब्याकअप सोलुसनलाई विशेष गरी नेपाली घरपरिवार र कर्पोरेट ग्राहकहरुमाझ पुग्न अझै मद्दत गर्ने विश्वास ब्यक्त गरे ।

साथै श्रेष्ठले आफु लुमिनस ब्रान्ड र अमट्रेड प्राली सँग आबद्ध हुनपाउँदा आफु र सजिलो सेवाले गौरवान्वित महसुस गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्