Logo

सरकार जगदम्बा, सौरभ समूह र विशाल ग्रुपको प्रभावमा परेको एमाले नेता अधिकारीको आरोप (भिडिओसहित)



काठमाडौं, १ असार । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । उनले सरकारले अग्रवाल र न्यौपाने घरानालाई पोस्नेगरि बजेटमा कार्यक्रम समावेश गरेको भन्दै यस विषयमा गम्भीर छानबिन हुनुपर्ने पनि माग गरे । आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दैै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले कुराकानीको सुरुवातमै तपाईँहरुले किन अर्थमन्त्रीको राजीनामा माग्नुभएको हो ? भनेर प्रश्न तेर्साए । जवाफमा अधिकारीले भने–‘यो पनि अब सोधिरहनुपर्यो र ? पहिलो कुरा त हामीलाई जुन जुन विषय आश्चर्य लागिराखेको थियो, हामीले त्यसरी थाहा नभएपनि किन यो दश करोड युनिटका न्यौपाने र अग्रवाल थरका दुई जना व्यक्तिको लागि विशेष छुटको व्यवस्था गरियो ? यो कुरा त मैले बोलेको थिएँ, चाउचाउको कुरा हामीले उठाएका थियौं । नेपालको घ्यु उद्योगलाई विस्थापित पार्ने काम किन भयो ? यस्ता धेरै प्रकारका कुरा छन् ।’

दुनियाँले थाहा पाउनेगरि अर्थमन्त्री शर्माले गलत काम गर्दापनि अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले बचाउने काम गरेको अधिकारीको आरोप छ । उनले आफूहरु प्रधानमन्त्री वा अर्थमन्त्रीको व्यक्तिगत विरोधी नभएको जिकिर गरे । उनले अर्थमन्त्री शर्माले जगदम्बा ग्रुपका साहिल अग्रवाल, सौरभ समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, विशाल ग्रुपका विशाल अग्रवाललाई पोस्नेगरि बजेटमा कार्यक्रम समावेश गरेको आरोप लगाए ।

उनले वर्तमान सरकार यीनै समूहको प्रभावमा परेको दाबी गरे । यो समूह सुरुदेखि नै राज्य शक्तिसँग उठबस गर्ने र अर्थमन्त्रीलाई प्रभाव पार्दै अनुचित लाभ लिन सक्रिय मानिएको छ । अहिले यी समूहका कारण अन्य स्वदेशी उद्योगी तथा व्यवसायीहरु ठूलो मारमा परेका छन् । र, उद्योग नै बन्द गर्नुपर्ने उनीहरुको बाध्यता रहेको छ । file photo

“अर्थमन्त्री जनार्दन शर्मालाई अलिकति पनि लोकलज्जा छैन ?”

Related Video



प्रतिक्रिया दिनुहोस्