एसपीपी सम्झौताबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा


काठमाडौं, १ असार । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालले अमेरिकासँग गर्न लागेको स्टेट पार्टनरसिप प्रोगामबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा आजै जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले अमेरिकाले प्रस्ताव गरेको सम्झौताको बारेमा प्रधानमन्त्री आफैले त्यसको जवाफ दिनुपर्ने बताएका हुन् ।

एसपीपीबारे आपत्ति जनाउँदै थापाले शक्तिराष्ट्रसँग सामरिक स्वार्थ जोडिएको कार्यक्रममा नेपालले सहभागिता जनाउन नहुने तर्क गरे । तर, उनले सबै शक्तिराष्ट्रसँग मिलेका काम गर्ने समेत भन्न छुटाएनन् । सेना संलग्न हुने कुनै पनि कार्यक्रममा नेपाल सहभागि हुन नपाउने उनको भनाई छ ।

नोट : प्रमुख सत्तारुढ दल हुनुपर्नेमा प्रतिपक्षी लेखिएकोमा सच्चाइएको छ।