Logo

त्रिभुवन विमानस्थल आधा घण्टाको लागि बन्द हुने



काठमाडौं, १ असार । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवागमन आज आधा घण्टा बन्द हुने भएको छ । जहाज दुर्घटनाको काल्पनिक घटनाअनुसार त्यसको अभ्यास गर्न दिउँसो ३ बजेदेखि आधा घण्टा बन्द हुन लागेको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको अनुसार संकटकालिन योजना अन्तर्गत पुर्ण संकटकालिन अवस्थाको अभ्यास गरिने भएको हो ।

यस क्रममा आकाशमा कालो धुँवाको मुस्लो समेत देखिने र दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot