Logo

भुषण राणाको चलखेलमा क्याबिनेटबाटै विदेशी रक्सी भित्राउने लाइसेन्स



काठमाडौं, १ असार । देशमा यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री छन् । वृद्धावस्थाका देउवा अनेकन चुनौतीहरुको सामना गरिरहेका छन् ।
देउवा सत्तामा भएका बखत उनको ससुरालीतर्फकाहरु भने आर्थिक फाइदा लिन सक्रिय छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु राणामाथि युवा संघले इम्बोस्ड नम्बर प्लेटमा आर्थिक चलखेलको आरोप लगाइसकेको छ । कमिशन पाएपछि जस्तोसुकै प्रतिबन्ध पनि फुकाउने गरी भुषण शक्तिशाली बनेका छन् । उनले हालै यस्तै एउटा निर्णय गराउन सफल भएका छन् । त्यो पनि मन्त्रिपरिषदबाट निर्णय गराए ।

देशमा अहिले विदेशी रक्सी भित्राउन लाइसेन्स बन्द गरिएको छ । विदेशी मुद्रा सुरक्षाका लागि भन्दै विलासी वस्तुमा सरकारले कडाई गरेको छ । विदेशी रक्सी ल्याउने नयाँ कम्पनी दर्ता नै बन्द गरिएको छ । तर, भुषणले शक्ति प्रयोग गरेर दर्ता गरेर देखाइदिएका छन् ।

मोटो कमिशन लिएर भुषण राणाले १९ जेठको मन्त्रिस्तरीय निर्णय गरेर ग्रीन लाइन वेयर हाउसलाई विदेशी रक्सी ल्याउन अनुमती दिने गरी लाइसेन्स नै जारी गरिदिएका छन् । लाइसेन्स रोकेको बेलामा क्याबिनेटबाटै निर्णय गराउन राणा सफल भएका छन् । त्यसवापत् ग्रीन लाइनबाट उनले मोटो कमिशन हालत पारेको विश्वस्त स्रोतले बताएको छ ।

पछिल्लो समय कतिपय राजनीतिक नियुक्ति, कर्मचारीको आकर्षक ठाउँमा सरुवा र बढुवामा भुषणकै चल्ने गरेको छ । कमिशनको खेलमा भुषण लागेर विवादास्पद नियुक्ति र निर्णयहरु गरेका कारण देउवा नै बदनाम हुने अवस्था बन्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्