Logo

स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना



काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वली अस्पताल भर्ना भएकी छिन् । मंगलबार राति १ बजे बेहोस अवस्थामा पुर्याइएकी वलीलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

उनको रक्तचाप उच्च र सुगरको मात्रा पनि बढेको अस्पतालले जनाएको छ। अस्पतालको अनुुसार वलीको अहिले क्याबिनमा राखेर उपचार भइरहेको छ ।

राज्यमन्त्री वलीमाथि मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई कुटपिट गरेको अभियोग लागेको छ।



प्रतिक्रिया दिनुहोस्