Logo

भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम सम्पन्न



काठमाडौं, १ असार । संस्कार समाज नेपालद्धारा सञ्चालित हरेक महिनाको १ गते गर्दै आईरहेको देशव्यापी जनचेतनामुलक सरसफाई महाअभियानअन्तर्गत असार १ गते भृकुटीमण्डप परिसरमा सफाई कार्यक्रम गरी सम्पन्न गरेको छ ।

समाज कल्याण परिषद् भृकुटमिण्डप संचालन कार्यालयको आयोजनामा र भृकुटीमण्डपका व्यवसायीहरुको सहकार्यमा बुधबार भृकुटीमण्डप परिसरमा सरसफाई गरिएको भृकुटीमण्डप अस्थायी प्रहरी बिटका प्रहरी हवल्दार बलराम कठायतले जानकारी दिए

असल संस्कार सिकौ सिकाऔँ, आप्mनो देश आपैm बनाऔ भन्ने मुल नाराका साथ सुरु गरिएको यस संस्कार समाज नेपालको अभियानले यसअघि पनि विभिन्न ठाउँमा सरसफाईका कार्यक्रमहरु गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्