Logo

बिमला वली मन्त्रीमा रहने या नरहने टुंगो कार्यदलले लगाउने



काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीमाथि छानविन गर्न कार्यदल गठन भएको छ । प्रदेश सरकारले नै उनीमाथि छानबिन गर्न समिति गठन गरेको हो ।

प्रदेशका आन्तरिक मामला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य छन् । समितिले मङ्गलबार वलीले दाङको तुलसीपुरस्थित एकराज बस्नेतको घरमा पसेर उनको पत्नी र छोरीमाथि आक्रमण गरेको आरोपका सम्बन्धमा सत्यतथ्य बुझेर प्रतिवेदन बुझाउने तय भएको छ । यसैका आधारमा उनलाई पदबाट हटाउनेबारे टुंगो लगाउने बुझिएको छ ।

यसैगरी, बिमला वली भने हिरासतबाट अस्पताल भर्ना भएकी छिन् । उनले स्वास्थ्यमा समस्या आएको भन्दै चेकजाँच गरी अस्पताल भर्ना भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्