Logo

नरुचाएको ठाउँमा सरुवा गरेको भन्दै पाकिस्तानका सरकारी अधिकृतद्वारा आत्महत्या



एजेन्सी, १ असार । आत्महत्या विभिन्न कारणले हुन्छ । कोही आर्थिक त कोही अवहेलना र सामाजिक समस्याका कारणले आत्महत्या गर्छन् । तर, पाकिस्तानमा एकजना अधिकृतले नरुचाएको ठाउँमा सरुवा गरेको भन्दै आत्महत्या गरेका छन् ।

इस्लामावादबाट लाहोरमा सरुवा गरेको भन्दै इमरान राजा अब्बासीले आत्महत्या गरेका हुन् । उनी राजश्वका अधिकृत थिए । डेली पाकिस्तानले अब्बासीले फैसल टाउन क्षेत्रस्थित घरमै आत्महत्या गरेको जनाएको छ । उनी घरको फ्यानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।

अब्बासी विगतमा बहवालपुर र फैसलावादमा भ्रष्टाचारविरोधी कार्यालयका निर्देशक पनि थिए । पाकिस्तानमा सरकारी कर्मचारी र प्रहरीबाट आत्महत्याका घटनाहरु रिपोर्टमा आइरहेका छन् । मार्च महिनामा एकजना महिला प्रहरीले आत्महत्या गरेकी थिइन् ।-Representative Photo



प्रतिक्रिया दिनुहोस्