Logo

ओलीसँग भेटेपछि नारायणकाजीमाथि माओवादीभित्रबाट दबाब



काठमाडौं, १ असार । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ तनावमा परेका छन् । श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि माओवादीभित्र खैलाबैला मच्चिएको छ । यसले उनीमाथि अनेक आशंकाहरु जन्मिएका छन् ।

श्रेष्ठले माओवादी फुटाउन खोजेको विषय माओवादीभित्र उठेको छ । उनी ओलीसँग मिल्ने गरी बढेको निष्कर्ष समेत केही नेताहरुले गरेका छन् ।

पार्टी नेतृत्वसँग सल्लाह नगरी भेटेको भन्दै प्रचण्ड श्रेष्ठसँग असन्तुष्ट भएका छन् । मातृका यादवले त गम्भीर आपत्ति जनाएको बुझिएको छ ।

क्याबिनेट पुर्नगठनको सम्भावना बढिरहँदा श्रेष्ठले उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दाबी गरेका छन् । ओलीलाई भेटेपछि उनलाई रोक्ने प्रयास चलिसकेको छ । श्रेष्ठले मन्त्री खान बार्गेनिङ्ग गरेको आरोप समेत छ ।

श्रेष्ठको प्रचण्डसँग असन्तुष्टि बढ्दै गएको छ । उनी कुनैपनि बेला माओवादी छाडेर ओलीसँग मिल्न सक्ने सम्भावना बढ्दै गएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्