Logo

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मागसहित मुद्दा



काठमाडौं, १ असार । सौन्दर्य प्रतियोगीमाथि बलात्कारको आरोप लागेका मनोज पाण्डेविरुद्ध मुद्दा दायर भएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा दुईवटा छुट्टाछुट्टै मुद्दा दायर भएको हो ।

पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको मुद्दामा कुल १८ वर्षको कैद सजाय माग गरिएको छ ।

८ वर्ष अघि सौन्दर्य प्रतियोगीमाथि बलात्कार गरेको आरोप लागेपछि पाण्ड पक्राउ परेका थिए । पीडितले सामाजिक सञ्जालमार्फत् आफूमाथिको अत्याचारको खुलासा गरेकी थिइन् ।

७ जेठमा स्वम्भुबाट पाण्डे पक्राऊ परेका थिए । उनीमाथि अनुसन्धानपछि प्रहरीले सरकारी वकिलको कार्यालयमा विवरण बुझाएपछि मुद्दा दायर भएको हो ।



प्रतिक्रिया दिनुहोस्