Logo

एकीकृत समाजवादीको मन्त्रीहरु फिर्ता बोलाउने निर्णय अनुमोदन, नयाँ मन्त्रीहरुको सपथ शुक्रबार



काठमाडौं, १ असार । नेकपा (एकीकृत समाजवादी) को स्थाीय कमिटी बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय अनुमोदन गरेको छ। यसअघि सचिवालय बैठकले मन्त्रीहरु फिर्ता बोलाउने र उनीहरुको ठाउँमा नयाँ मन्त्रीहरु सिफारिश गरेको थियो ।

तर, मन्त्रीहरुकै विरोधको कारण उक्त निर्णय कार्यान्वयनमा आउन समस्या भएको थियो । फिर्ता बोलाईएका मन्त्रीहरुले बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिन पाउनुपर्ने अडान राखेपछि निर्णय कार्यान्वयनमा ढिलाई भएको थियो । अब बजेट पारित भएपछि नयाँ मन्त्रीहरुलाई सरकारमा पठाउने एकीकृत समाजवादीको निर्णय छ।

आज (बुधबार) बसेको स्थायी कमिटी बैठकले यसअघि पार्टीको सचिवालय समितिले गरेको मन्त्री हेरफेरको निर्णयलाई अनुमोदन हो । नयाँ मन्त्रीहरुको सपथ भने यही शुक्रबार हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्