Logo

अमेरिकी दूतावासले भन्यो : नेपालले एसीपीमा सहभागी हुन दुई पटक गरेको अनुरोधलाई अमेरिकाले स्वीकृत गरिसकेको छ



काठमाडौं, १ असार । नेपालस्थित अमेरिकी दूतावासले नेपालले एसपीपीमा सहभागी हुन दुई पटक अनुरोध गरेको कारण अमेरिकाले स्वीकृत गरेको स्पष्ट पारेको छ । नेपालले स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी हुन तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पालामा अनुरोध गरेको थियो ।

नेपालको तर्फबाट सन् २०१५ र २०१७ मा दुई पटक एसपीपीमा सहभागी हुनको लागि पत्राचारि गरिएको दूतावासले जनाएको छ। र, अमेरिकाले सनु २०१९ मा स्विकृत गरेको नेपालस्थित् अमेरिकी दूतावासका कार्यवाहक राजदूत मान्युअल मिक्लरले जनाए ।

पछिल्लो समय नेपालले एसपीपी सम्झौता गर्न लागेको भन्दै मस्यौदासमेत बाहिर आएको थियो । मिडियामा आएकोजस्तो मस्यौदा भने सत्य नभएको कार्यवाहक राजदूतको प्रतिक्रिया छ । उनले एसपीपी कहिल्यै पनि कुनै सुरक्षा वा सैन्य गठबन्धन नरहेको स्पष्ट पारे । उनकाअनुसार विगत दुई दशकभन्दा अघिदेखि एसपीपीले द्विपक्षीय फाइदालाई मध्यनजर गरेर काम गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्