Logo

भारतीय दूतावासले आयोजना गरेको योग कार्यक्रममा सहभागीलाई गुर्जो चियाको सेवा



काठमाडौं, १ असार । अन्तर्राष्टिय योग दिवसको अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा सप्ताहव्यापी योग कार्यक्रमको आयोजना गरिएको छ ।

नेपालस्थित् भारतीय दूतावासले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन भने भारतीय दूतावासका कन्सुलरले गरेका थिए ।  कार्यक्रममा पशुपतिनाथ मन्दिरका मूलभट्टपनि सहभागी थिए ।  उक्त कार्यक्रममा सक्रिय सहभागी जनाएका गुर्जो अभियन्ता कमलबहादुर राजलवटले उपस्थितलाई गुर्जोको चिया सेवा गरेका थिए ।

राजलवटले सहभागीहरूलाई गुर्जो चिया सेवन गराउनुका साथै गुर्जो बेर्ना तथा अस्वगन्धाको बेर्ना समेत वितरण गरेको जनाए । कार्यक्रममा सहभागीहरूले चासोको साथ गुर्जोबारे जानकारी लिएका थिए । राजलवटले गुर्जोको महत्वबारे प्रकाशसमेत पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्