Logo

चेम्बर एक्स्पो आजदेखि



काठमाडौं, असार २ । ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आजदेखि सञ्चालन हुने भएको छ । नेपाल चेम्बर अफ कमर्शले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा एक्स्पो आयोजना गर्न लागेको हो ।

६ असारसम्म चल्ने एक्स्पोको मुख्य उद्देश्य निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण लगायत रहेको चेम्बरले जानकारी दिएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुने पाँचौं संस्करणको उक्त एक्स्पोमा व्यापारिक अन्तरक्रिया, आयात निर्यातको सूचना आदानप्रदान र नेपाली उत्पादनको बजारीकरणमा जोड दिइने चेम्बरले बताएको छ ।

चेम्बरका अनुसार मेलामा अन्तरराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिता रहनेछ । अन्तरराष्ट्रिय सहभागिताले अन्तरराष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक क्रियाकलाप, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्ने मौका नेपाली उद्योगी व्यवसायीलाई मिल्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्