Logo

रुसी गुप्तचर निकायका पूर्व हाकिमद्वारा गोली हानी आत्महत्या



एजेन्सी, २ असार । रुसको गुप्तचर निकाय केजीबीका पूर्व जनरलले आत्महत्या गरेका छन् । लेभ सोटस्कोभ मस्कोस्थित अपार्टमेन्टमा मृत फेला परेका हुन् ।

बुधबार उनको मृत्युबारे अधिकारीहरुले जानकारी गराएको रुसी मिडियाले जनाएका छन् । उनी ९० वर्षका थिए । सेवानिवृत्त गुप्तचरका मेजर जनरले सोटस्कोभले पेस्तोलले गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको जनाइएको छ ।

उनले मँगोलियाका एकजना मित्रबाट पेस्तोल उपहार पाएका थिए जसलाई आत्महत्यामा प्रयोग गरेका थिए । उनको टाउकोमा गोली लागेको घाउ देखिएको उल्लेख छ । उनी गुप्तचर निकायमा रुसभित्र र बाहिर पनि जिम्मेवारी पाई ४० वर्ष सेवापछि निवृत्त भएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्