Logo

बैंक अफ काठमाडौं र ग्लोबल आइएमई बैंकबीच मर्जर सम्झौता



काठमाडौं, २ असार । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जर सम्बन्धि सम्झौता भएको छ । दुई बैंकबीच आज होटल याक एण्ड यतिमा मर्जर सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंको तर्फबाट अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

मर्जर पश्चात् बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने जनाइएको छ ।

ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना साथै सञ्चालक समितिमा रहने पनि सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस्