Logo

कार्तिकको ‘भुल भुलैया २’ बक्स अफिसमा ब्लकबस्टर बन्यो



एजेन्सी, २ असार । बलिउड अभिनेता कार्तिक आर्यनको भुल भुलैया–२ ले बक्स अफिसमा १७५ करोडको आँकडा पार गरेको छ । फिल्मले उक्त रकम संकलन गर्न २७ दिन लाग्यो । भुल भुलैया २ सन् २०२२ को सबैभन्दा सफल चलचित्रमा परेको छ । योसँगै कार्तिक आर्यनको करियरकै सबैभन्दा सफल फिल्म बनेको छ ।

भुल भुलैया २ को ब्लकबस्टर सफलताले पनि महत्व राख्छ किनभने भर्खरै विगतमा रिलिज भएका धेरै हिन्दी फिल्महरू ठूलो स्टार कास्टको बावजुद फ्लप भएका छन्। जसमा अक्षय कुमारको सम्राट पृथ्वीराज, कंगना रनौतको धाकड, जोन अब्राहमको अट्याक पार्ट–१, अजय देवगनको रनवे ३४ र टाइगर श्राफको हिरोपन्ती २ जस्ता चलचित्र समावेश छन्, जसबाट व्यापारले ठूलो कलेक्सन गर्ने अपेक्षा गरेको छ ।

अनीस बज्मी निर्देशित भुल भुलैया २ ले बिहीबार १५ जुनमा १ करोड २६ लाख कलेक्सनका साथ सिनेमाघरमा २७ दिन पूरा गरेको छ भने फिल्मको कुल कलेक्सन १७५ करोड २ लाख पुगेको छ । भुल भुलैया २ वर्षको उत्कृष्ट ५ चलचित्रको चौथो स्थानमा परेको छ । चाखलाग्दो कुरा के छ भने, हिन्दी बक्स अफिसमा सबैभन्दा धेरै कमाउने दुवै फिल्म हिन्दी भाषामा छैनन्।

 



प्रतिक्रिया दिनुहोस्